हिमालयन बैंकको ऋणपत्रमा भदौ २९ सम्म आवेदन दिन पाइने

File Photo
File Photo

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद २९ भदौसम्म रहेको छ।

पहिलो चरणमा सबै बिक्री नभएपछि आवेदन दिने समय लम्ब्याएर २९ भदौसम्म पुर्‍याइएको हो। बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो। 

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो। यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन्।

यो ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ। न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ। बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको छ। यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: : 2022-09-08 12:44:00

प्रतिकृया दिनुहोस्