यस्ताे छ अर्थ मन्त्रालयले ४५ दिनमा गरेकाे महत्वपूर्ण ५० काम (सूचीसहित)

File Photo
File Photo

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को पहिलो ४५ दिनमा गरेकाे महत्वपूर्ण कामहरू सार्वजनिक गरेकाे छ।

अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा चालु आर्थिक वर्ष सुरु भएको ४५ दिनमा मन्त्रालयले महत्वपूर्ण ५० काम सम्पन्न गरेको जनाएको छ।

बजेट कार्यान्वयन, वित्तिय क्षेत्र व्यवस्थापन, राजस्व व्यवस्थापन, वैदेशिक सहायता व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेकाे मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयकाे अनुसार संघीय एवं प्रादेशिक निवार्चनका लागि निर्वाचन आयोग एवं सुरक्षा निकायहरुलाई आवश्यक बजेट व्यवस्थापन गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय र अन्तर्गतका निकायहरुको समय सारणी सहितको कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।

मन्त्रालयले सिंहदरबार परिसरबाट श्रावण महिनाभित्र ग्याँस सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने र ३ महिनाभित्र महानगर र उपमहानगरपालिकाभित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डरमुक्त गराई क्रमश: विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने सरकारको नीति अनुरुप यस मन्त्रालय परिसरमा संचालित चमेना गृह लगायतमा २०७९ भाद्र १ गतेदेखि ग्याँस सिलिण्डर पूर्णरुपमा विस्थापित गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गतका उपत्यकाभित्रका सबै विभाग/कार्यालयहरुमा ग्याँस सिलिण्डर पूर्णरुपमा विस्थापित गरी विद्युतीय चुल्हो मात्र प्रयोगमा ल्याइएको छ।

यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यबिधि, २०७९ सम्बन्धमा सहमति प्रदान गरेको छ।

प्रकाशित मिति: : 2022-09-01 18:19:00

प्रतिकृया दिनुहोस्