यस्तो छ, आजको मुद्राको विनिमय दर 

File Photo
File Photo

अमेरकी डलरको भाउ बुधबार बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय  दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ। 

मंगलबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा कायम भएको थियो। युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ।

त्यस्तै, जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७७ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ।
 

प्रकाशित मिति: : 2022-08-31 11:45:00

प्रतिकृया दिनुहोस्