एसवाईको टिकटक प्रतियोगिताका विजयीहरू पुरस्कृत

File Photo
File Photo

एसवाई प्यानल नेपाल लिमिटेडद्वारा आयोजित टिकटक भिडियो प्रतिष्पर्धाका विजयीहरू पुरस्कृत भएका छन्। उत्कृष्टहरूलाई आइतबार राजधानीमा एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगितामा सुमित्रा मौरती र संगम दराईको टिकटक प्रथम भएको छ।

प्रतियोगितामा पहिलो हुनेलाई एक लाख ५० हजार नगदसहितको पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा दुई जनालाई दोश्रो, तीनजनालाई तेश्रो, चार जनालाई चौथौ र पाँंच जनालाई पाँंचौं पुरस्कारको व्यवस्था गरिएको थियो।

त्यस अनुसार दोश्रो हुने दुवैलाई प्रतिव्यक्ति एकएक लाख, तेश्रो हुने तीन जनालाई प्रतिव्यक्ति ७५/७५ हजार, चौथौं हुने चार जनालाई प्रतिव्यक्ति ४०/४० हजार र पाँंचौ हुने पाँंच जनालाई ३०/३० हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको हो। साथै सात्वना हुने चार जनालाई प्रतिव्यक्ति १५/१५ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको हो।

विजयीहरूलाई एसवाई प्यानल नेपालका भाइस चेयरम्यान होङ सङ् ग्युन, सीईओ छाङ् छि यल, म्यानेजिंग डिरेक्टर छोइ दोङ इल, नेपालका एजेन्सी जनरल म्यानेजर विमलराज गोसाई, नेपालका टेक्निकल जनरल म्यानेजर शशी शाहलगायतले पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा बताए अनुसार प्रतियोगिता जुलाई २७ देखि एक महिना चलेको थियो। प्रतियोगिताका सहभागीहरूमध्ये उत्कृष्टलाई समावेश गरिएको थियो।

एसवाई प्यानल प्रिफ्याब घरहरू निर्माणका लागि प्रयोग हुने निर्माण सामग्री हो। वाल, छाना, झ्यालढोकालगायतका निर्माण सामाग्रीहरू उत्पादन हुने कम्पनी हो। शतप्रतिशत कोरियन लगानीमा चितवनको रत्ननगर टाँंडीमा कारखाना राखी यसले प्यानल उत्पादन गर्दै आएको छ। यसको कर्पोरेट अफिस तीनकुने काठमाडौंमा रहेको छ। 

प्रकाशित मिति: : 2022-08-28 19:54:00

प्रतिकृया दिनुहोस्