सेयर बजार १७ अंकले ओरालाे

File photo
File photo

सेयर बजार साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालाे लागेकाे छ। शुक्रबार २ घण्टामात्र सेयर बजार खुलेकाे थियाे। याे समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो।

शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको काराेबार भएको हो।

समग्रमा बजार घटे पनि आज जीवन बीमा समूह भने ३४.११ अंकले बढेको छ। बाँकी समूह भने उकालाे लाउन सकेन। निर्जीवन बिमा समूह सबैभन्दा बढी ५६.७९ अंकले घटेको छ।

नेप्सेका अनुसार आज एलईसी नेपालको सेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.८८ प्रतिशतले नाफा कमाएकाे छ।

हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ। उक्त कम्पनीको ६ करोढ ६८ लाख ६१ हजार ५ सय ४६.३० रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति: : 2022-08-26 16:53:00

प्रतिकृया दिनुहोस्