दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री

File Photo
File Photo

सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार  खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ।

उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ।

प्रकाशित मिति: : 2022-08-26 09:05:00

प्रतिकृया दिनुहोस्