३०० रुपैयाँले बढ्यो सुनको मूल्य

File Photo
File Photo

सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो।

बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो।

बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो।

प्रकाशित मिति: : 2022-08-24 13:01:00

प्रतिकृया दिनुहोस्