कर्णालीमा फोहरबाट ऊर्जा निकाल्न रकम विनियोजन

File photo
File photo

कर्णाली प्रदेशले फोहरलाई ऊर्जामा रुपान्तरण गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ। 

यसका लागि मन्त्रालयले चालु आव २०७९/८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताएका छन्।

उनले भने, ‘कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पु¥याउनका लागि फोहरबाट ऊर्जा निकाल्न लागिएको हो।’ 

मन्त्रालयले पहिलो चरणको लागी मन्त्रालयले रु २० लाख विनियोजन गरेको छ।  मन्त्री सिंहले भने, ‘यो काम सफल भएमा फोहरबाट विद्युत् निकाल्न अन्य ठाउँमा पनि यो विस्तार गर्छौं।’

मन्त्रालयका सचिव देवराज निरौलाले भने, ‘कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ। मूलतः सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्दैछौँ।’

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले फोहरबाट ऊर्जा उत्पादनका लागि सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलङ्गा, जाजरकोटको कुदु, दल्ली, कालीमाटी, सल्यानका बाक्लो बस्ती रहेका बस्ती तथा समुदाय सम्भावित रहेको उनले भने। 

उनका अनुसार विद्युत्को बढ्दो माग र एक सय १३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिकरुपमा ऊर्जा उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तीव्रता दिएको छ।

प्रकाशित मिति: : 2022-08-24 12:32:00

प्रतिकृया दिनुहोस्