महानगरपालिकाले काठमाडौँ प्लाजाको भाडामा नलिने

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाले कमलादीस्थित काठमाडौँ प्लाजा भाडामा नलिने भएको छ।

महानगरले पार्किङ सुविधा नभएको भन्दै भाडामा लिन नसकिने जनाएको हो।  

सर्वोच्च अदालतले समयमै भाडा विवादको मुद्दाको फैसला नगर्दा डेढ वर्षदेखि काठमाडौँ प्लाजा भाडामा लाग्न सकेको छैन।

महानगरले अलमल भएको २५ महिनाको अवधिमा भाडाबापत हुने करिब १६ करोड रुपैयाँ भाडा गुमाएको छ।

प्रकाशित मिति: : 2022-08-21 15:09:00

प्रतिकृया दिनुहोस्