समृद्धि फाइनान्सको सेयरमा आवेदन दिने आज अन्तिम मौका

file photo
file photo

समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने २ भदौ अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। 

न्यूनतम पाँच हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन्।
 

प्रकाशित मिति: : 2022-08-18 10:44:00

प्रतिकृया दिनुहोस्