विद्युत प्राधिकरणको नाफा अझै बढ्छः कुलमान घिसिङ

File photo
File photo

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन्। प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए। आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए। प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझै बढ्ने उनको भनाइ छ। आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो।

कार्यक्रममा उनले विद्युत उपभाेग बढाउन  विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घाेषाणा पनि गरे। 

प्रकाशित मिति: : 2022-08-17 16:00:00

प्रतिकृया दिनुहोस्