सुन तोलामा पाँच सयले घट्यो

File photo
File photo

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ छ। गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघले आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको जनाएको छ। आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
 

प्रकाशित मिति: : 2022-08-07 12:29:00

प्रतिकृया दिनुहोस्