राष्ट्र बैंकको निर्देशनपछि निक्षेपको ब्याजदर बढ्ने 

file photo
file photo

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा एकीकृत निर्देशिकामा गरेको व्यवस्थाले निक्षेपको ब्याजदर बढ्ने भएको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगतभन्दा संस्थागततर्फ मुद्दति निक्षेपमा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नै भएको छ। 

बैकर्स संघको बैठक बसेर ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय हुने नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिए। 

अहिले बैंकहरुले व्यक्तिगततर्फ ११.०३ प्रतिशत तथा संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर मुद्दति निक्षेपमा दिएका छन्।

प्रकाशित मिति: : 2022-08-03 19:34:00

प्रतिकृया दिनुहोस्