श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट

श्वेत गंगा हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ।

श्वेत गंगाले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ बिक्री खुला गरेको थियो।

गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। 

कति जनाले दिएका थिए, आवेदन?

यो आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकाेमा ४ हजार ४४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ।

कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५% अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो।

कसरी हेर्न सकिन्छ, आइपीओकाे रिजल्ट?

लगानीकर्ताले सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

 

प्रकाशित मिति: : 2022-08-03 10:45:00

प्रतिकृया दिनुहोस्