मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कति जनालाई पर्‍यो सेयर?

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। 

साउन ९ गते खुल्ला भएको आइपिओ आज बाँडफाँट भएको हो। 

यसमा ५५ अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो। 

गोलाप्रथामार्फत १ लाख ९ हजार ३७४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

कति जनाले दिएका थिए आवेदन?

 यो आइपीओमा १५ लाख ४७ हजार ९४९ जनाले आवेदन दिएका  थिए। जसमध्ये 
१ हजार ६६५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी गराएको छ।
 
कसरी हेर्न सकिन्छ नतिजा?

लगानीकर्ताले बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, मन्दाकिनी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिन्छ। 

प्रकाशित मिति: : 2022-08-02 18:53:00

प्रतिकृया दिनुहोस्