लक्ष्मी उन्नति कोष र इक्विटी फन्डको लाभांश घोषणा

लक्ष्मी क्यापिटलद्वारा सञ्चालित म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। 

साेमबार बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नत्ती कोषका इकाईधनीहरुलाई ५% नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। जसले आर्थिक वर्ष २०७७–७८ मा २५% लाभांश वितरण गरेको थियो।

त्यस्तै, लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले पनि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५% नै नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ। यसले आर्थिक वर्ष २०७७–७८ मा ३५% लाभाश वितरण गरेको थियो।

 

प्रकाशित मिति: : 2022-08-02 12:57:00

प्रतिकृया दिनुहोस्