धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने

File photo
File photo

धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ। योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी तीन लाख नौ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रकाशित मिति: : 2022-07-31 12:08:00

प्रतिकृया दिनुहोस्