बिजुली बिक्रीबाट आम्दानी वृद्धि भएपछि आँखुखोलाको नाफा बढ्यो,कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घट्यो

फाइल तस्वीर
फाइल तस्वीर


आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २२५८।५ धेरै हो । अघिल्लो वर्ष यसले १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट  हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढेको छ । अघिल्लो वर्ष १९ करोड ३५ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । 
 
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ७ लाख ९३ हजार रुपैयाँ भएको छ ।

हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा छ ।
 

प्रकाशित मिति: : 2022-07-31 10:35:00

प्रतिकृया दिनुहोस्