सुनको भाउ एक सय रुपैयाँले घट्यो

File photo
File photo

सुनको भानेपाली बजारमा सोमबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ भने स्थिर छ। चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-25 12:16:00

प्रतिकृया दिनुहोस्