एक करोड लगानी गरेर करपुरेश्वर पार्कलाई व्यवस्थित बनाइँदै

लमजुङको बेंसीशहर नगरपालिका-८ मा रहेको करपुरेश्वर पार्कलाई व्यवस्थित र सुन्दर बनाइएको छ। पार्कलाई सुन्दर बनाउन र व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि विभिन्न संरचना निर्माण गरिएको छ।

आर्थिक बर्ष ०७५/७६ मा बेंसीशहर नगरपालिका-८ बाट ८ लाख रुपैयाँ बजेट बिनियोन गरि निर्माण कार्य सुरु गरेको पार्कमा ४ वर्षको अवधिमा बेसीशहर नगरपालिकाले ५८ लाख, जिल्ला बन कार्यलयबाट ४५ लाख र अन्य सघसस्थाको विभिन्न सहयोग गरि १ करोडभन्दा बढि रकम खर्च भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए।

पार्कमा पानिको साना साना पोखरि, पानीको फोहरा, बिश्राम स्थल, शौचालय,चौतारा, तल बगेको मर्स्याङ्दी नदि र वरपरको दृष्यावलोकनको लागि भ्यु प्लेस बनाइएको छ, जसले गर्दा करपुरेश्वर पार्कको मुहार फेरिएको छ।

बेंसीशहर बजारको नजिकै रहेको उक्त पार्कलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सके आन्तरिक पर्यटक बढ्ने र आयआर्जनमा समेत टेवा पुग्ने नगरपालिकाले जनाएको छ। अब केही काम बाँकी रहेको र पार्कका लागि आवश्यक संरचना निर्माण गरिसकेपछि त्यसलाई टिकेटको व्यवस्थापन गरि संचालन गर्ने योजना रहेको छ।

सदरमुकाम बेसीशहर बजारको छेवैमा रहेको मलामि चौरमा बनेको सो पार्कमा अहिले दर्जनौं मानिसहरु दैनिक रुपमा धुम्न,पिकनिक खान , रमाउन र फोटो खिच्न र टिकटक बनाउन पुग्ने गरेका छन्। बाक्लिँदै गयको बजारमा खुला ठाउको अभाव भएको बेला प्राकृतिक सुन्दरताको आनन्द लिई रि-फ्रेश हुने ठाउँ भएकोले स्थानीय खुसी भएका छन्।

पार्कमा बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकले समेत सहज रुपमा पार्क अवलोकन गर्न सक्ने वातावरण निर्माण गरिनेछ। पार्कमा यतिबेला संरचना निर्माण अन्तिम चरणमा छ भने वृक्षारोपण लगायतका काम भइरहेको छ। दशैंअगाडी निर्माण कार्य संपन्न गरि औपचारीक रुपमा उद्घाटन गरेर संचालन गर्ने योजना रहेको छ।

प्रकाशित मिति: : 2022-07-24 13:17:00

प्रतिकृया दिनुहोस्