१८३ स्थानीय तहले अझै पेश गरेनन् बजेट 

File photo
File photo

असार मसान्तसम्म पेश गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेश गरेका छैनन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ। 

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेश गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेश प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन्। 

हालसम्म प्रदेश १ मा ११०, मधेश प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन्। 

प्रकाशित मिति: : 2022-07-22 11:56:00

प्रतिकृया दिनुहोस्