असारमा मात्रै सवा दुई अर्ब खर्च

बागलुङमा गत असार महिनामा मात्रै रु दुई अर्ब १५ करोड खर्च भएको छ।

जिल्लास्थित सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त खर्च गरेका हुन्। 

असारमा मात्रै चालुतर्फ रु एक अर्ब एक करोड ९५ लाख ५५ हजार खर्च भएको छ। यो कूल विनियोजनको भएको बजेटको १२.४६ प्रतिशत हो।

असारमा मात्रै यहाँका सरकारी कार्यालयले रु एक अर्ब २४ करोड ८४ लाख खर्च गरेका छन्। 

कूल विनियोजित रु दुई अर्ब ७४ करोड एक लाख मध्ये ३४.२८ प्रतिशत बजेट असारमा मात्रै खर्च भएको छ।

पछिल्लो ११ महिनामा ४१.७२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका कार्यालयले असारमा मात्रै उक्त खर्च गरेका हुन्। पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असारमा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन। कार्यालहरुबाट खर्च भएको तथ्याङ्कलाई हेर्दा चालु आवमा ८८.७५ प्रतिशत खर्च भएको छ। चालुतर्फ ९४.४५ प्रतिशत र पुँजीगततर्फ ७५.२८ प्रतिशत बजेट खर्च भएको हो। 

गत आवमा जिल्लामा कूल ८७.८५ प्रतिशत खर्च भएको थियो। गत वर्ष ८३.०७ प्रतिशत पुँजीगत खर्च गरेका कार्यालयले ९०.३१ प्रतिशत चालु आवमा खर्च गरेका थिए। अघिल्लो बर्षको तुलनामा चालु खर्च बढेको भए पनि पुँजीगत खर्चमा भने कमी आएको छ। 

जिल्लास्थित सङ्घीय सरकारअन्तर्गत कार्यालयले भन्दा प्रदेश सरकारअन्तर्गत कार्यालयको पुँजीगत खर्च अनुपात उल्लेख्य रहेको छ। 

असार मसान्तसम्म सङ्घीय सरकारको ५८.२५ प्रतिशत पुँजीगत खर्च हुँदा प्रदेश सरकारको ८७.७४ प्रतिशत पुँजीगत खर्च भएको छ। 

सङ्घीयतर्फ पुँजीगत शीर्षकमा रु एक अर्ब, ५४ करोड २६ लाख विनियोजन भएकामा रु ८९ करोड ८५ लाख खर्च भएको छ। असारमा मात्रै रु ३३ करोड ७३ लाखभन्दा बढी खर्च भएको छ। 

प्रकाशित मिति: : 2022-07-19 19:32:00

प्रतिकृया दिनुहोस्