हिमालयन हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने

File photo
File photo

हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ २८ असारमा बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो। 

हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ। यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ। 

यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन्। कुल एक अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बरारको आवेदन परेको छ। 

कम्पनीले १५ देखि १९ असारसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। योमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो। यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। 

प्रकाशित मिति: : 2022-07-11 15:56:00

प्रतिकृया दिनुहोस्