लमजुङका ३७ घरेलु उधोग खारेज

File photo
File photo

लमजुङका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि २१ असारसम्ममा खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले जानकारी दिइन्। 

थापाका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन्। यसै अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ। आर्थिक वर्ष ०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएका थिए भने ३६९ उद्योग नवीकरण भएका थिए।

प्रकाशित मिति: : 2022-07-06 14:29:00

प्रतिकृया दिनुहोस्