सुनको मूल्य ४०० रुपैयाँले वृद्धि

File photo
File photo

सोमबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: : 2022-06-27 14:53:00

प्रतिकृया दिनुहोस्