सुन व्यापारीसँग ‘लिभिङ टुगेदर’मा बसेकी दिलमाया कसरी पुगिन् मृत्युकाे मुखमा ? बाहिरियाे नयाँ रहस्य

Breaknlinks
Breaknlinks

गत शुक्रबार आफ्नै कोठामा मृत अवस्थमा भेटिएकी लाेकदाेहाेरी गायिका दिलमाया सुनारकाे मृत्यु प्रकरण थप रहस्यमय भन्दै गएकाे छ। मृत्यु भएकाे केही घण्टाअघि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि घटना थप रहस्यमय भन्दै गएकाे हाे। 

घटना शंकास्पद देखिएपछि अनुसन्धान सुरू गरेकाे प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई नियन्त्रयाण्मा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरी प्रारम्भिक अनुसन्धानमा लोक गायिका दिलमाया सुनार र खिलबहादुर लिभिङ टुगेदरमा बस्दै आएको खुलेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार उनीहरु बिगत ३ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। गायिका दिलमायाले आफ्ना छिमेकीलाई श्रेष्ठलाई आफ्नो पति भनेर चिनाउँदै आएकी थिइन्।

प्रहरीले भने उनीहरुले विवाह गरेकी थिइन् वा थिइनन् भन्ने कुरा नखुलेको बताएको छ।

गायिकाले आत्महत्या गरेको भनिएको सल काठमाडौंको महारागञ्जस्थित चप्पल कारखानाको एक खोल्सामा भेटिएको छ। उनले बाक्दै आएको मोबाइल फोन भने अझै फेला परेको छैन। पोष्ट मार्टमको लागि उनको शव टिचिङ अस्पतालमा लगिएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्ने खुल्ने प्रहरीले बताउँदै आएको छ।

भक्तपुरको गोठाटारमा सुन व्यवसाय सञ्चालन गर्दै आएका सिन्धुपाल्चोकका श्रेष्ठ ३ महिना अगाडि काठमाडौंको चुच्चेपाटीमा रहेको दर्पण दाहोरी साँझ भेटभएको थियो।

प्रहरीलाई श्रेष्ठले दिएको बयानकाअनुसार दोहोरी साँझमा भएको चिन जानले माया प्रेमको सम्बन्धसम्म पुर्‍याएको थियो। पूर्व पतिसँग सम्बन्ध विच्छेद भएपछि लोक गायिका सुनार काठमाडौंमा एक्लै बस्दै आएकी थिइन्। उनको एउटा छोरा समेत छन्। प्रहरीकाअनुसार गायिकाले श्रेष्ठसँग उनले करिअर र छोराको विषयले पिरोल्ने भन्दै गुनासो गर्दै आएकी थिइन्। भने, यता खिलबहादुरकी पत्नी र ४ वटा छोराछोरी छन्। गायिका सुनारले घरमा भएको समयमा श्रेष्ठलाई फान गरिराख्ने समेत बताएका छन्।

अघिल्लो चोटी विष खाएर बाँचेकी थिइन गायिका

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लोकगायिका दिलमाया सुनारले विष सेवन गरेर आत्महत्या प्रयास गरेको खुलेको छ। नियन्त्रणमा लिएका खिलबहादुर श्रेष्ठले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनले विष सेवन गरेपछि पहिला सामाखुशीमा रहेको ग्रीनसिटी अस्पतालमा उपचारको ल्याइएको थियो। तर, पैसाको अभावका कारणले उनलाई महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङं) मा उपचार गरेर घर फर्केकी थिइन्। त्यसपछि उनले औषधी सेवन गर्दै आएको खुलेको छ।

साँझ श्रेष्ठले रक्सी र खसीको मासु र सुनारले स्प्राइट खाएर रातभरि कोठामा बसेका थिए।

मृत परेको दिन अर्थात् शुक्रबार राति नियन्त्रणमा लिएका खिलबहादुर श्रेष्ठ र गायिका दिलमाया सुनार रक्सी र मासु खाँदै बसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीकाअनुसार त्यो दिन श्रेष्ठले लोकल रक्सी र खसीको मासु आएका थिए। भने, गायिकाले स्प्राइट खाएकी थिइन्। मृत फेला परेको दिन रातभरि दुबै जना कोठमा बसेका थिए। गायिकाको मृत्यु भएपछि बिहान ४ बजे श्रेष्ठ उनले पासो लगाएर आत्महत्या गरेको भनिएको सल लिएर फरार भएका थिए।

प्रहरीले श्रेष्ठलाई शनिबार बिहान नियन्त्रणमा लिएको थियो। उनकै भनाइका आधारमा सल फेला पारेको थियो। मोबाइल कहाँ छ ? भन्ने कुरा उनले नबताएकाले फेला नपरेको प्रहरीले बताएको छ।

पोष्टमार्टम रिर्पोट नआएसम्म हत्या वा आत्महत्या भन्ने कुरा बताउन नसकिएको बताएको छ। अहिले मृतक गायिका आफन्तले श्रेष्ठविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2022-06-26 21:30:00

प्रतिकृया दिनुहोस्