एघार महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो

File photo
File photo

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो। 

सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ। सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर नेपालले आयात गरेको छ। 

पछिल्लो एघार महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ। 

विभागको तथ्याङ्क अनुसार सोही समयमा ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा, ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी नेपाल भित्रिएको छ। 

बितेको एघार महिनामा १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची पनि नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ। 

प्रकाशित मिति: : 2022-06-26 12:24:00

प्रतिकृया दिनुहोस्