एमालेले च्यात्याे राताे किताब, पाेखराकाे नगरसभा बहिष्कार

File Photo
File Photo

पाेखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ। सभागृहमा केहीबेरअघि सुरु भएकाे सभामा एमालेका सदस्यहरुले विराेध गरे।

४ बजे बैठक सुरु भएपछि एमाले उठेर विराेध जनाएकाे थियाे।

दलकाे नेता राधिका शाहीले राताे किताब बजेटअघि नै आएकाे विराेध जनाइन्। त्यसपछि नाराबाजी सुरु भयाे। ‘बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएकाे छैन’,उनले भनिन्, ‘राताे किताब कसरी आयाे आजै ?’

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएकाे छ। मेयर धनराज आचार्यले भने राताे किताब नभई ड्राफ्ट मात्र बनाएकाे बताए। ‘याे राताे किताब हैन, ड्राफ्ट हाे। छलफल पछि मात्र पास हुन्छ’, उनले भने।

शाहीले राताे किताब च्यातिदिएकी छिन्। अहिले सभागृह अगाडि नाराबाजी चलिरहेकेा छ।

प्रकाशित मिति: : 2022-06-24 17:19:00

प्रतिकृया दिनुहोस्