नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ। हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो।
आज युरो १ को खरिददर १३१.६३ पैसा र विक्रीदर १३२.२६ पैसा रहेको छ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा विक्रीदर ८६.७२ पैसा तोकेको छ। जापनी येन १० को खरिददर ९.१९ पैसा र विक्रीदर ९.२४ पैसा रहेको छ। चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ।