अर्थ मन्त्रालयले भन्यो : बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन

file photo
file photo

अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ। 

आज अन्पूर्ण पोस्टमा प्रकाशित 'मध्यराति बजेटमा जब चुकुल लाग्यो..' समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो। 

मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ। 

प्रकाशित मिति: : 2022-06-13 19:29:00

प्रतिकृया दिनुहोस्