निको हुनेभन्दा कोरोना संक्रमित धेरै

File photo
File photo

पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टीजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ।

प्रकाशित मिति: : 2022-06-12 17:24:00

प्रतिकृया दिनुहोस्