म्यान्मार विद्रोहः भिक्षुदेखि लडाकूसम्म (फाेटाेकथा)

सुधा अत्रि

रंगुन, म्यान्मार

दक्षिण–पूर्वी एसियाली मुलुक म्यान्मार गृहयुद्धमा फसेको छ।

प्रजातान्त्रिक सरकारमाथि जुन्ता परिषद्ले सैन्य ‘कू’ गरेपछि देशभर लडाइँ जारी छ।

बर्मेली युवा–युवतीहरू सैनिक तानाशाहीविरुद्ध विद्रोह गर्न जंगल पसेका छन्। उनीहरूले ठाउँ–ठाउँमा सशस्त्र सैन्य समूह निमार्ण गरिरहेका छन्। 

जुन्ता शासनको अन्त्यका लागि पीपुल्स् डिफेन्स फोर्सले गाउँदेखि शहरसम्म युवा जमातलाई तालिम दिइरहेको छ।

स्वास्थ्यकर्मीदेखि कलाकार र शिक्षकदेखि भिक्षुसम्म सैनिकविरूद्ध युद्धमैदानमा उत्रिएका छन्। 

विद्रोही सैन्य समूहमा दिनदिनै सयौं युवाहरू समावेश भइरहेको मिलिसिया समूहका संयोजकले जनाएका छन्।

म्यान्मारका युवा बौद्ध भिक्षु शीन सरिटा पनि जुन्ताविरोधी प्रदर्शनमा सामेल भएका छन्।

उनी शान्तिको यात्रा थन्काएर युद्धको विगुल फुक्दै जनविद्रोहका लागि जंगल छिरेका हुन्। बर्मेलीहरू पीपल्स् डिफेन्स फोर्समा भित्रिएको देखेपछि उनले पनि मन थाम्नै सकेनन्। 

१४ वर्षे भिक्षु पथमा हिँडिरहेका शीन सरिटा आफ्नो शान्तिदूतको नाम त्याग्दै विद्रोही लडाकू फीनिक्स बनेका छन्। आफ्नो नयाँ यात्राबारे उनी चुनौतीपूर्ण संघर्ष गरिरहेको बताउँछन्। 

अधिकांश समय म्यान्मारको बौद्ध बिहारमा बिताएका लडाकू फीनिक्स जंगली जीवनमा बाँच्दा निकै दुःख भोगेको दुखेसो गर्छन्। तर उनी प्रजातन्त्रको पक्षमा डटेर लड्ने दाबी गर्छन्।

‘मैले शान्तिको वकालत गर्न छोडिसके। म अहिले युद्धमोर्चामा होमिएको छु। हामीहरू अवस्य जित्ने छौँ। तानाशाही सेनाले एकदिन होर्ने छ, हामीहरू नै हराउने छौँ,’ उनले भने।

प्रकाशित मिति: : 2022-05-27 05:33:00

प्रतिकृया दिनुहोस्