ललितपुरको हात्तीवनमा उभौलीको रौनक [तस्विरहरु]

शनि शाक्य

काठमाडौँ

किराँतीहरूको महान चार्ड हो-उभौली। जुनदिन किराँतीहरू आफ्नो पहिरनमा सजिएर साकेला नाच्ने गर्छन्।

यो दिन पुरूषहरू हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर कालो कोट, दौरा सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन्।

त्यसैगरी महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर यो दिन नाच्ने गर्छन्। 

प्रत्येक वर्ष वैशाख पुर्णिामादेखि यी जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चार्ड साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन।

किराँतीहरूले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात वैशाख पुर्णिाको दिन मनाउन थाल्ने किराँत म्याङखेभका पूर्व केन्द्रिय उपाध्यक्ष मणिकुमार राई बताउँछन्।

‘हामीले हात्तीवनमा साकेला मनाउन थालेको ५० वर्ष भयो, हामीभन्दा अघि पनि हाम्रा जीजुबाजेहरुले पनि मनाउँदै आउनुभएको छ’ बिएल नेपाली सेवासँग कुराकानी गदै राईले भने, ‘यो दिन आफ्नो खेतीपाती राम्रो होस्, रोगवेगले छोडुन भन्दै पारुहाङ र सुमनीमासँग बल माग्ने दिने हो। विशेषगरी यो दिन हाम्रा पूर्खा र कुल देवता सम्झिन्छौँ।’ 

प्रकाशित मिति: : 2022-05-16 12:25:00

प्रतिकृया दिनुहोस्