जापानले पर्यटकको समूहलाई चाँडै अनुमति दिने

photo:pool\via kyodo
photo:pool\via kyodo

जापानले छिट्टै यस महिना खोप लगाइएका विदेशी पर्यटककको सानो समूहका लागि आफ्नो सीमाना खोल्ने बताएको छ।

यो निर्ण अस्वस्थ पर्यटन उद्योगको लागि सम्भावित जीवन रेखा हुने फुजी न्यूज नेटवर्कले जनाको छ। भ्रमण गर्न चाहनेहरूले तीनवटा कोभिड-१९ का खोप लगाएको हुनुपर्छ र एक निश्चित यात्रा कार्यक्रमको साथ प्याकेज भ्रमणको हिस्सा हुनुपर्ने सरकारी अधिकारीहरूले वताएको छ ।

इनबाउन्ड पर्यटनको सीमित पुन: सुरुवातलाई परिक्षणको रुपमा लिइनेछ र यदि संक्रमण फैलिएन भने कार्यक्रमलाई विस्तार गरिनेछ समेत वताइएको छ ।

जापानले दैनिक प्रवेश सीमालाई दोब्बर बनाउदै २० हजारसम्म पुर्यारउने लक्ष्यसहित अगामी जुन महिदेखि विदेशी पर्यटकलाई स्वीकार गर्ने योजना बनाईरहेको निक्केई अखबारले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

उक्त प्रतिवेदन यो महिनाको अन्त्यसम्ममा निर्णय आउन सक्ने बताएको छ । प्रधानमन्त्री फुमियो किशिदाले लन्डनमा एक भाषणमा अन्य धनी लोकतान्त्रिक देशहरू जस्तै जुनमा सुरु हुने महामारी-सम्बन्धित सीमा प्रतिबन्धहरूलाई खकुलो गर्ने योजना बनाएको रिपोर्टहरू आएको छ।

सीमा सहजीकरणलाई जापानको पर्यटन उद्योगले स्वागत गर्नेछ, जसले सरकारलाई कमजोर येनको फाइदा उठाउन थप विदेशी आगन्तुकहरूलाई अनुमति दिन आग्रह गरिरहेको छ।

महामारी अगाडी जापानमा विदेशी आगन्तुकहरूको संख्या २०११ र २०१९ को बीचमा पाँच गुणा बढेको थियो। विदेशी आगन्तुकहरूको संख्या २०१९ मा झण्डै ३ करोड २० लाखबाट घटेर २ लाख ५० हजारमा झरेको थियो ।

सन २०२१ बाट दक्षिण कोरिया र न्यूजील्याण्ड लगायतका देशहरूले हालै पर्यटकहरूका लागि पुन: खोलेका छन्। यद्यपि चीनले कोभिड शुन्य रणनिति अपनाउदै सिमानाहरू प्रभावकारी रूपमा बन्द गरिएको छ।

'विज्ञहरूको रायको आधारमा जुन महिनामा चाँडै हामी सीमा नीतिहरू सहित कोरोनाभाइरस नियमहरू चरणहरूमा समीक्षा गर्नेछौं,' प्रधान मन्त्री किशिदाले बिहीबार भनेका छन ।

'हामी अझै सामान्य जीवनमा फर्किने संक्रमणको अवधिमा छौं।' विदेशी विद्यार्थी र व्यवसायीहरूलाई अब नयाँ प्रवेश अनुमति दिइएको छ, उसले प्रति दिन विदेशबाट १० हजार आगमनको सीमा कायम गरेको छ ।

तर पर्यटकहरूलाई भने अहिलेसम्म निषेधित गरिएको छ । व्यापारिक जमातले भने यात्रा प्रतिबन्धहरू सहज बनाउन दवाव दिईरहेको छ । सरकारी प्यानलका सदस्यहरूले भर्खरै देशको यात्रा नियन्त्रणहरू जति सक्दो चाँडो सामान्य गरिनु पर्छ भनेका छन् ।

प्रकाशित मिति: : 2022-05-06 18:23:00

प्रतिकृया दिनुहोस्