भत्किएको भवनको भग्नावशेषबाट ६ दिनपछि जीवितै उद्दार

फोटो स्रोत बिबिसी
फोटो स्रोत बिबिसी

बेइजिङ–मध्य चीनको चाङ्सा सहरमा भत्किएको एउटा ६ तले भवनको भग्नावशेषबाट एक महिलाको ६ दिनपछि जीवितै उद्दार भएको छ। सो विपद्मा कम्तीमा पाँच जनाको ज्यान गएको थियो भने १० जनाको जीवितै उद्दार गरिएको थियो। भवभित्र पुरिएर दर्जनौँ अझै बेपत्ता छन्। 

भवनको सुरक्षाका विषयमा अनुसन्धान भइरहेको छ। कमजोर सुरक्षा र निर्माण मापदण्ड, स्थानीय अधिकारीहरूको भ्रष्टाचारलगायतका कारण चीनमा ठूला भवन भत्किने गरेका छन्।

चाङ्साका उद्धारकर्ताहरूले जीवनका संकेतहरू पत्ता लगाउन परम्परागत विधिहरू जस्तैः चिच्याउने, ढकढकाउनुको अतिरिक्त सुँघ्ने कुकुरहरू र ड्रोन परिचालन गरेका छन्।
 

प्रकाशित मिति: : 2022-05-05 17:04:00

प्रतिकृया दिनुहोस्