सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

File Photo
File Photo

सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
 
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ। चाँदीको भाउ  पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-04-06 11:34:00

प्रतिकृया दिनुहोस्