बर्मेलीलाई भयावह भुमरीमा धकेल्ने 'जुन्ता शासक'

सुधा अत्रि

रंगुन, म्यान्मार
रेडियो फ्रि एसिया
रेडियो फ्रि एसिया

बर्मा अर्थात् म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई ‘सैन्य सरकार’ले नजरबन्दमा राखेको छ। उनीमाथि ‘जुन्ता प्रशासन’ले अनेकौँ आरोप थुपारेर जेलमै सडाउने षड्यन्त्र रचेको कानूनका ज्ञाताहरू बताउँछन्।

नेत्री सुकीले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई सेना प्रमुखले मुर्खतापूर्वक सत्ता–कब्जा गरी एकवर्षदेखि देशभर आतंक मच्चाउँदैआएको छन्।

नेत्रीकाे पक्षमा कराेडाैँ जनता छन्। युवाकाे अथाह प्रेम छ। घृणाभन्दा प्रेम गर्नेहरूकाे जमात हजाराैँ गुणा फराकिलाे छ। मानिसहरू सादा जीवन र उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रकाे धराेहर ठान्छन्। तरपनि सैनिककाे हातमा वर्षाैदेखि देशकाे तालाचाबी छ।

म्यान्मारको क्रूर सैन्य शासक आफ्नै नागरिकमाथि ताकी–ताकी गोली बर्साउँछ। सैनिकद्वारा सामूहिक हत्या, यातना र यौन हिंसा बढ्दो छ। आतंकले म्यान्मारको जनजीवन झन्–झन् बिग्रेको छ। नागरिकहरूको स्वतन्त्रता खोसिएको छ। प्रजातन्त्रको घाँटी थिचिएको वर्ष दिन नाघिसक्यो। तैपनि संसारै चुप छ।

दक्षिण–पूर्वी एसियालीक्षेत्रका अधिकार समूहहरूले नागरिकमाथि सैन्य आक्रमण रोक्न बारम्बार आग्रह गर्दापनि ‘जुन्ता प्रशासन’ नसुने झैँ गर्छ। सैनिकहरूले सीमावर्ती क्षेत्रका गाँउमा दैनिकजसो आगजनी गरिरहेका छन्।

पछिल्लो आन्दोलनमा सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको छ। त्यसैले सैनिक अन्तर्राष्ट्रिय समुदायबाट बढी नै सचेत देखिन्छ। म्यान्मारको जनसंख्यालाई हेर्ने हो इन्टरनेट प्रयोगकर्ताहरू ४० प्रतिशतभन्दा बढी छन्। युवा पुस्तालाई सैनिक क्रूरता मिडियासम्म लैजानसमेत सजिलो छ। तर छिमेकीहरू बाेल्दै–बाेल्दैनन्। खाेक्नै मान्दैनन्।

अन्ततः म्यान्मारको सैन्य सरकारले यहाँका लाखौँ जनतालाई बेरोजगारी र भोकमरी चपेटा फसाएको छ।

बर्माको क्रूर सैनिक आतंक, नेत्री सुकीको पछिल्लो अवस्था र बर्मेलीहरूकाे दैनिकी समेटेर रेडियो फ्रि एसियाले तयार पारेकाे कार्टून बिएल नेपाली सेवाले पनि प्रकाशित गरेको छ।

प्रकाशित मिति: : 2022-02-27 21:18:00

प्रतिकृया दिनुहोस्