हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

file photo
file photo

यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ।

सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए। त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताएका छन्।यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: : 2022-02-20 14:53:00

प्रतिकृया दिनुहोस्