यूपी विधानसभाको लागि पहिलो चरणको मतदान जारी

aajtak.in

कोरोना महामारीका बाबजुद भारतको उत्तर प्रदेशमा विधानसभाका लागि आज पहिलो चरणको मतदान भइरहेकाे छ।

पश्चिम यूपीस्थित ११ जिल्लाका अधिकांश सिटमा (५८) मतदान भइरहेको छ। 

बिहान सात बजे सुरु भएकाे मतदान बेलुका ६ बजेसम्म जारी रहने छ। चुनावमा ६२३ उम्मेदवार मैदानमा छन्। जसमध्ये ७३ महिला उम्मेदवार छन्। यहाँका करिब २ करोड २८ लाख मतदाताले मतदान गर्न पाउनेछन्।

यसअघि निर्वाचन आयोगले शान्तिपूर्ण निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकाे बताउँदै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारेको थियो।

पहिलो चरणमा शामली, हापुड, गौतमबुद्ध नगर, मुजफ्फरनगर, मेरठ, बागपत, गाजियाबाद, बुलन्दशहर, अलीगढ, मथुरा र आगरा जिल्लाको विधानसभा सीटमा मतदान भइरहेको छ।

पहिलो चरणको निर्वाचनमा प्रदेश सरकारका मन्त्रीहरू श्रीकान्त शर्मा, सुरेश राणा, सन्दीप सिंह, कपिलदेव अग्रवाल, अतुल गर्ग र चौधरी लक्ष्मी नारायणको राजनीतिक भाग्य तय हुनेछ।

प्रकाशित मिति: : 2022-02-10 09:03:00

प्रतिकृया दिनुहोस्