रूसले युक्रेनमाथि हमला गरे पुटिनका भित्रि वृत्तका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी

[File: Mikhail Metzel/Sputnik via Reuters]

रुसीले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ।

‘हामीले पहिचान गरेका व्यक्तिहरु क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरुले सरकारको निर्णयमा भूमिका खेल्छन्’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्।

उनले अगाडि भने, ‘रुसीका इलाईट र उनीहरुका परिवारका सदस्यहरुका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं’, उनले भनिन्।

युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रुसीबीचको तनाब बढ्दो छ। रुसीले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ। रुसीले युक्रेनमाथि अतिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरुले अनुमान गरेका छन्।

सुरक्षा परिषद्‍मा अमेरिका र रुसबीच चर्काचर्की

युक्रेनसँगको आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो बताइन्।

उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए।

रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र ब्रिटेनले थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्।

प्रकाशित मिति: : 2022-02-01 07:17:00

प्रतिकृया दिनुहोस्