इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकालेको छ। आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो। प्यालेसको मैदानमा लिभरपुललाई जिताउन भर्जिल भान डाइक, एलेक्स ओक्सलेड–च्याम्बरलिन र फाबिन्होले एक–एक गोल गरे । क्रिस्टलका ओडसन इडुआर्डोले एक गोल गरे।
डाइकले आठौँ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ३२औँ मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए।
५५औँ मिनेटमा प्यालेसका ओड्सोने इडवार्डले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि ८९औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए।
जितसँगै दोस्रो स्थानको लिभरपुलले २२ खेलमा ४८ अङ्क जोडेको छ । क्रिस्टल प्यालेस २४ अङूक जोडेर १३औँ स्थानमा रहेको छ।