मलेसिया सुधारका राष्ट्रनायक महाथिरको स्वास्थ्य अवस्था स्थिर

malaysia.gov.my

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रोपटक अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले जानकारी दिएकी छिन्।

पूर्वप्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन्।

महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ। मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकाे बताइएको छ। 

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो।

छोरी मरिनाले भनिन्, 'उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन्। अहिले उहाँको अवस्था स्थिर रहेको छ।'

पूर्वप्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उनको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गरेकाे छ।

महाथिरले यसअघि डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा बिताएका थिए। पछिल्ला वर्षहरूमा उनलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छ। यसका कारण उनलाई पटकपटक हृदयघात भएको र अहिले उनको बाईपास सर्जरी भइरहेको छ।

महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुन्। उनले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गरेकाे र दुई पटक गरी २४ वर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन्।

उनले सन् १९८१ देखि २००३ सम्म मलेसियालाई नेतृत्व दिएका छन्। मलेसियामा भ्रष्टाचारले व्यापक जरा गाडेको समय उनलाई पछि सन् २०१८ मा ९२ वर्षको उमेरमा राष्ट्रवादी गठबन्धन समूहले पुनः प्रधानमन्त्री बनाएको थियो। तर सत्ता सङ्घर्षका कारण उनको गठबन्धन सरकार सन् २०२० मा भङ्ग भएको थियो। उनलाई मलेसियाको सुधारका लागि राष्ट्रनायकका रूपमा हेर्ने गरिन्छ।

प्रकाशित मिति: : 2022-01-23 08:27:00

प्रतिकृया दिनुहोस्