नायिका रेखा थापा भन्छिन्- बैशाखमा बिहे होइन, सुटिङ चाहिँ हुन्छ

आगामी बैशाखमा अभिनेत्री रेखा थापा बिहे बन्धनमा बाँधिने भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भइरहेका छन्। तर रेखाले भने आफ्नाे बिहेको बारेमा आएका समाचार गलत भएको बताएकी छन्।

बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भनिन्, ‘भयो भने भनिहाल्छु नि। बिहे नै भयो भने पनि अपराध गर्न लागेको हो र ?’

उनले भनिन्, ‘बैशाखमा बिहे होइन, सुटिङ चाहिँ हुन्छ। बिहेको हल्ला तीन बर्षदेखि भएको छ, फलानो बेहुला रे ! खोइ बिहे भएको छैन त। समाचार लेख्ने मान्छेलाई नै सोध्नु होला’,  रेखाले कुराकानीमा भनिन्।

उनले बिहे हुन पनि सक्ने, नहुन पनि सक्ने बताइन्। ‘कसैले भनेर हुन्छ र’, उनले भनिन्,  ‘लगन आयो भने हुनपनि सक्छ।’

प्रकाशित मिति: : 2022-01-20 16:55:00

प्रतिकृया दिनुहोस्