बिहारको गण्डक नदीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, दर्जनौं बेपत्ता

बिहारको गोपालगञ्जस्थित भगवानपुरको गण्डक नदीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। डुङ्गासहित ट्याक्टर नदीमा डुबेपछि दर्जनौं बेपत्ता भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्याक्टरमा डुङ्गामा चढाउँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनाको खबरलगतै गोपालगञ्ज प्रहरी घटनास्थल पुगेर छानबिन थालेको छ।

दुर्घटनापछि नदीमा खसेका ५–६ जना यात्रुहरू पानीबाट बाहिर निस्केको बताइएको छ। अझै केही व्यक्ति ट्याक्टरमुनि फसेको आशंका गरिएको छ।

गोपालगञ्जका स्थानीयहरू गण्डक नदी वारिपारि उखु काट्न जाने गर्छन्। ट्याक्टरसँगै चालकको पनि नदीमा डुबेर मृत्यु भएको छ। बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2022-01-19 17:44:00

प्रतिकृया दिनुहोस्