युएईले ल्यायो यस्तो कानून, आप्रवासी कामदारका लागि फाइदै–फाइदा

संयुक्त अरब इमिरेट्स (युएई)ले श्रमिक कानून संसोधन गरेर आप्रवासी कामदारहरूका लागि सुनौला अवसरहरू ल्याएको छ।

युएईका मानव संशाधनमन्त्री डा.अब्दुलरहमान अल अवारले सोमबार परिमार्जित श्रमिक नियमको घोषणा गरेका छन्।

नयाँ श्रम कानून आगामी २–फेब्रुअरीबाट लागू हुनेछ।

परिमार्जित श्रम कानूनअनुसार युएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छाविपरीत काममा लगाउन नपाउने भएका छन्।

परिमार्जित श्रमिक कानून अनुसार श्रमिकहरूले अदालतमा मुद्दा लड्दा शुल्क (कोर्टफी) तिर्न नपर्ने भएको छ। त्यस्तै, राहदानी कामदार स्वयंले नै राख्न पाउने छन्।

यसअघि राहधानी कामदारले राख्न पाउने नियम थिएन। श्रम कानूनमा भएको सुधारअनुसार रोजगारदाताले श्रमिकको काम र पाउने पारिश्रमिकमा विभेद गर्न पाउने छैनन्।

संसोधन गरिएको कानूमा करार अवधि पनि बढाइएको छ। अब बढीमा तीन वर्षको हुनेछ भने ६ महिना परीक्षण अवधि रहनेछ। त्यस्तै, कुनै खालखण्डमा कामदारको मृत्युभएमा मृतकको परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम १० दिनभित्र पाउनुपर्ने र शब पठाउने खर्च पनि कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ।

कानूनले महिला कामदारहरूका लागि थप अधिकार दिएको छ– सुत्केरी बिदाको हकमा पनि ४५ दिनबाट बढाएर ६० दिन पुर्‍याइएको छ। ४५ दिन तलबी र १५ दिन अर्धतलबी सुत्केरी छुट्टी पाइने ब्यवस्था छ।

श्रमिकले चाहेमा एकभन्दा बढी कम्पनीमा काम गर्न पाउनेछन्। स्वतन्त्र रूपमा श्रमिकले काम गर्न पाउने ब्यवस्था गरिएको हो। यसअघि एक कम्पनीमा काम गरिरहँदा श्रमिकले अर्कोमा काम गर्न पाउने व्यवस्था थिएन।

प्रकाशित मिति: : 2022-01-18 21:00:00

प्रतिकृया दिनुहोस्