अबुधाबीमा 'हुथि' समूहको हमलामाथि अमेरिकाको आपत्ति : युएइद्वारा बदलाको घोषणा

Reuters/Christopher Pike
Reuters/Christopher Pike

संयुक्त अरब इमिरेट्सको व्यावसायिक पर्यटन हब मानिने राजधानी अबुधाबीको एयरपोर्ट नजिकै यमनको इरान-सम्बन्धित हुथि समूहले क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी सोमवार राति इन्धन ट्रकमा विस्फोट गराउँदा ३ जना को मृत्यु भएको छ।

संयुक्त राज्य अमेरिकाको एक प्रमुख खाडी-अरब सहयोगी युएइमा हुथी समूहले गएको उक्त हमलाले साउदी नेतृत्वको गठबन्धन बीचको युद्धलाई नयाँ स्तरमा पुराएको छ। वाशिंगटन र तेहरानले आणविक सम्झौता गरिरहेको बेला क्षेत्रीय तनाव नियन्त्रण गर्ने प्रयासमा बाधा पुग्न सक्ने रोयटर्सले बताएको छ।



युएईको अबुधाबीमा यमनको विद्रोही समूहले गर्‍यो विस्फोट: तीनको मृत्यु, ६ जना घाइते

'यूएईले इमिरातीको भूमिको नागरिक क्षेत्रहरूमा हुथी मिलिशियाले गरेको यस आतंकवादी हमलाको निन्दा गर्छ। युएईको यी आतंकवादी हमलाहरू र आपराधिक वृद्धिलाई जवाफ दिने अधिकार छ र दोषीले अवस्य दण्ड पाउनेछ,' विदेश मन्त्रालयले बतायो।

यमनको ऊर्जा उत्पादन गर्ने शाब्वा र मारिब क्षेत्रहरूमा हुथीहरू विरुद्ध लड्न गठबन्धनको सदस्य रहेको संयुक्त अरब इमिरेट्सले स्थानीय यमनी सेनाहरूलाई सशस्त्र र प्रशिक्षित गरेको छ।

'परमाणु' वार्ताकारहरूको समय सकिएपछि यस क्षेत्रको सुरक्षा वातावरणमा बिग्रने खतरा बढ्दै गएको छ,' जोखिम गुप्ताचार कम्पनी भेरिस्क म्याप्लेक्रफ्टका प्रमुख मेना विश्लेषक टोर्बजोर्न सोल्टभेडले भने।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले आफ्नो इमिराती समकक्षसँग फोन कलमा आक्रमणको निन्दा गरेको यूएईको राज्य समाचार एजेन्सीले जनाएको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले हुथीहरूलाई कारवाही गर्न वाशिंगटनले सहयोग गर्ने बताए।

हुथीहरूले बारम्बार साउदी अरेबियामा सीमापार मिसाइल र ड्रोन आक्रमणहरू गर्दै आएका तर यूएईमा केही आक्रमणहरूको मात्र जिम्मेवारी लिएका छन्।

हुथी सेनाका प्रवक्ता याह्या सारियाको अनुसार समूहले दुबई र अबु धाबी एयरपोर्ट, मुसाफाहको तेल रिफाइनरी र यूएईका धेरै 'संवेदनशील' क्षेत्रहरूमा पाँच ब्यालेस्टिक मिसाइल र 'ठूलो संख्यामा' ड्रोनहरू प्रहार गरेको थियो।

तेल कम्पनी 'एडिएनओसी' को भण्डार नजिकै औद्योगिक मुसाफाह क्षेत्रमा तीन इन्धन ट्याङ्कर ट्रकमा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको र ६ जना घाइते भएको अबु धाबी प्रहरीले जनाएको छ। मारिनेमा दुई भारतीय र एक पाकिस्तानी रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।प्रहरीको प्रारम्भिक अनुसन्धानले मुसाफाह र अबु धाबी एयरपोर्टका क्षेत्रहरूमा ड्रोनको साना अंश फेला पारेको तर तिनीहरूले मिसाइलहरूको कुनै संकेत नदिएको बतएको छ।

'एडिएनओसी'ले मुसाफाह इन्धन डिपोमा बिहान १० बजेको समयमा आगलागी भएको जनाएको छ। सामाजिक सञ्जालमा अप्रमाणित भीडियोमा बाक्लो धुवाँ देखिएका क्षेत्रतर्फ जाने बाटो प्रहरीले बन्द गरेको थियो।

इतिहाद एयरवेजका प्रवक्ताले अबु धाबी एयरपोर्टमा 'सावधानी स्वरुप' छोटो संख्यामा उडानहरू अवरुद्ध भएको तर सामान्य सञ्चालन चाँडै पुनः सुरु भएको बताए।

प्रकाशित मिति: : 2022-01-18 18:15:00

प्रतिकृया दिनुहोस्