जब शाहरुख खानले बिरामी आमालाई रक्सी पिउँछु भने...

Times of india
Times of india

बलिउड इन्डस्ट्रीका ‘किगं खान’ अर्थात शाहरुख खानलाई नचिन्ने त सायदै होलान्।

उनी बलिउडका चर्चित र सफल अभिनेतामध्येका एक हुन्। उनले अभिनयका कारण धेरैलाई आफ्नो फेन्स बनाएका छन्। मानिसले उनलाई मायाले ‘बादशाह, बिगं खान र रोमान्स किगं’ भन्ने गर्छन्।

उनले आफ्नो फिल्म करियरमा रोमान्स, ड्रामा, कामेडी र एक्शन जस्ता सबै अभिनय गरेका छन्। जहाँ उनले आफ्नो रोल राम्रोसँग निभाएका थिए।

जसकारण उनलाई चाहने मानिस भारतमा मात्र नभई सबै देशहरुमा छन्। उनले आटनो मेहनतका कारण बलिउडमा राम्रो ठाउँ पाउन पनि सफल भए।

अहिले नाम चलेका अभिनेता भएता पनि उनले जीवनमा धेरै उतावचढाव पनि भोगेका छन्। उनी आफ्नो आमासँग निकै नजिक थिए। एक इन्टरव्यूमा उनले यस कुराको खुलाशा गरेका थिए।

जब उनको आमा अस्पतालमा थिइन्, तब उनी निकै दुखी भएका थिए। उनले मृत्युलाई लिएर धेरै कुरा सोच्न थालेका थिए। यदी कोही मानिस जिउँदो हुँदा केही काम अपूरो हुन्थ्यो भने मानिसले ज्यान गुमाउन पर्देन थियो।

उनले यस्ता सोच्न थालेपछि आमासँग नहुने कुरा बोल्न थाले। उनले सोचे, यदि आमालाई चिन्ता दिने हो भने आमाले आफ्नो साथ छोडेर जाने छैनन्।

त्यसैले उनले आमालाई दिदिको विवाह हुन नदिने र आफू रक्सी पिएर जडिया बन्ने बताएका थिए। शाहरुखलाई लाग्यो कि आमाले उनको कुरा सुनेपछि कहिल्यै छोडेर जाने छैनन्। तर उनले सोचे जस्तो भएन र उनकी आमाले संसार त्यागिन्। जसकारण उनले आफ्नो छोराको सफलता देख्न सकिनन्। 

 

प्रकाशित मिति: : 2022-01-10 18:00:00

प्रतिकृया दिनुहोस्