यसकारण ‘कुछ कुछ होता हे’मा काजोलले लगाइन् हेयरबेण्ड

File Photo
File Photo

निर्माता करण जोहारको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ। यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन्।

फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ। फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन, फिल्मले फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड सेट गरिदियो। जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ।

फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन्। यसमा अभिनेत्री काजोलको हेयर बेण्ड निकै लोकप्रिय भएको थियो। काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन्। उनले हेयरबेण्ड लगाउनुको कारण उनको लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन। यसको कारण अर्कै थियो। जुन रहस्यलाई वर्षौपछि करण जोहारले हालैमात्र खुलाएका छन्।

हालैमात्र काजोल र करण अभिनेता रणवीर सिंहको शो ‘द बिग पिक्चर’मा उपस्थित भएका थिए। यो उपस्थितिमा करणले ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए। करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो।

‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन। तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन। त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई ‘फिक्स’ गर्नका लागि गरिएको थियो। हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो। यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्ट पछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भनेका छन्। फिल्ममा रानी मुखर्जीको पनि अभिनय थियो।

प्रकाशित मिति: : 2022-01-10 08:12:00

प्रतिकृया दिनुहोस्