जब रवीना टन्डनको नाम भाईसँग जोडियो...

The times of india
The times of india

बलिउडमा अहिलेसम्म नाम चलेकी अभिनेत्री हुन्–रवीना टन्डन। फिल्ममा उनको अभिनय मात्र नभई डान्सको पनि चर्चा चल्ने गरेको छ। 

उनी एक अभिनेत्री नभई मोडर र प्रोड्यूसर पनि हुन्। आजकाल उनी फिल्मबाट टाढा छिन्। तर रियालिटी शोमा भने देखिने गरेकी छन्। उनी आज फिल्ममा नरहने पनि आफ्नो सन्तानको पालनपोषणमा भने व्यस्त रहेकी छन्।

तर यसभन्दा अघि उनी आफ्नो व्यक्तिगतका कारण निकै चर्चामा आएकी थिइन्। उनको नाम केही अभिनेताहरुसँग जोडिएका छन्। तर अभिनेत्रीका लागि चिन्ताको विषय तब बन्यो। 

जब उनको नाम आफ्नो भाईसँग जोडियो। हालैके एक इन्टरव्यूमा उनले त्यस घटनालाई याद गरिन्। उनले बताएकी थिइन्।

मिडियाले उनको नाम उनकै भाईसँग जोडिदिएको थियो। जसका कारण उनी रातभरि निदाउन सकिनन्। ‘मलाई याद छ, म रातभर सुत्दिनँ थिएँ, सुत्नका लागि रुने गथेँ, हरेक समय डराउने गथेँ, समाचार पेपरमा के लेख्छन् भनेर। एकपटक त उनले म र मेरो परिवार र मेरो परिवारको इज्जतलाई मजाक बनायो, म हैरान थिएँ’ उनले भनिन्। 

उनले अगाडि थप्दै भनिन्, ‘खासमा उनीहरुले मेरो नाम मेरो भाईसँग जोडिदियो र ‘स्टारडस्ट’ म्यागजीनले यसलाई छापिदियो। त्यहाँ लेखिएको थियो, ‘एक ह्याण्डसम, गोरा, चिटिक्क केटा सधैँ रवीनालाई छोड्न आउँछन्, जो उसकै प्रेमी हुन्। हामीले थाहा पायौँ’ जब उनी त मेरो भाई थिए।’ 

रवीना अभिनयबारे कुरा गर्नै हो भने उनले १९९१ मा फिल्म ‘पत्थर के फूल’ बाट डेब्यू गरेकी थिइन्। यसपछि उनले मोहरा, दिलवाले, लाडला, अंदाज अपना अपना, खिलाड़ियों के खिलाड़ी, आन्टी नंबर १, शूल र मात्र जैसी फिल्ममा काम गरिन्। अनि २००४ मा उनले अनिल थडानीसँग विवाह गरिन्। उनको दुई सन्तान छन्। छोरी राश थडानी र छोरा रणबीरवर्धन।

प्रकाशित मिति: : 2022-01-06 18:20:00

प्रतिकृया दिनुहोस्