दुबईमा नेपाल महोत्सवको तयारी

File Photo
File Photo

नेपाली रीतिरिवाज, भेषभुषा, संस्कृति तथा पर्यटनको प्रवर्द्धनका लागि दुबईमा नेपाल महोत्सवको तयारी थालिएको छ।

युएईको आप्रवासी श्रम बजारमा ठूलो हिस्सा ओगटेको नेपाल र नेपाली समुदायका विविध पक्षहरूलाई उजागर गरि विश्वभर फैलाउने उद्देश्यले नेपाल महोत्सव आयोजना गर्न लागिएको महोत्सवका मुख्य योजनाकार ड्यान परियारले बताए।

नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर आयोजना गर्ने लक्ष्य लिईएको महोत्सवको कार्ययोजना तर्जुमाका लागि आज (शुक्रबार) विशेष छलफल हुँदैछ।

छलफलमा युएईमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा विभिन्न पेशामा आवद्ध कामदारहरुको प्रतिनिधित्व हुने बताइएको छ।

आगामी बैशाख पहिलो सातादेखि शुरु हुने महोत्सवमा नेपाली कला, संस्कृतिको प्रदर्शन विभिन्न क्षेत्रमा सफल बनेका नेपालीहहरूबीच अनुभव आदानप्रदान गरिनुका साथै विदेशी पाहुनालाई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्न पर्यटनसँग सम्बन्धित विभिन्न स्टलहरूसमेत राखिने महोत्सव तयारीमा जुटेका ड्यानले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2021-12-24 08:22:00

प्रतिकृया दिनुहोस्